~जीवनकुमार शाक्य~
माया प्रेम के हो कहाँ पाउ खोजूँ कतातिर
तीर्खा छ आँखामा गहभरी मूल खोजूँ कतातिर
फूल फुल्यो आँगनमा,मन रसायो मुटुभरि
माहुरी मरेछ खोरमा बगैंचा खोजूँ कतातिर
औंला चिरी बनाउँ कि मसी रगतको
आफ्नै कथा लेखुं भन्छु,भाव खोजूँ कतातिर
मायाँ त लाग्छ देख्दैमा,बसाउँकि यो छातीमा
छेपारो झैं लाग्यो आफैलाई भाग्य रोजू कतातिर
अपाङ्गताहरुको माझमा,दृष्टिबिहिनताको व्यथा हरायो कि
दानशीलहरु यहाँ स्कूलको लागि दाता खोजूँ कतातिर ।
December 23, 2011
भवतु सब्ब मङ्गलम्
(स्रोत : रचनाकारको ब्लगबाट सभार)