कविता : अविरल यात्रा

~प्रल्हाद बुढाथोकी~

एकै लक्ष्य हिड्ने यात्रीहरु बीच
जब बाटोले बिभाजन ल्याउछ।
एकले अर्काको बाटो अबरुद्ध गर्दै
जब यात्री अघि बढ्न खोज्दछ।
बाटोहरु दक्षिणपन्थी ,मद्यपंथी र उग्रपन्थी हुन पुग्दछ।

भंझ्याङ्ग देउराली र चौतारीहरुमा
यात्रीहरु जब भेटिन्छन्
बिछोडका पीडा साँची राख्दै
संगै हिड्ने कसम खाँन्छन्
एउटा अठोट गर्दै फेरि नयाँ अभियान शुरु गर्छन् ।

फड्को मार्नु बाटोको नियति होइन
घुमाउरो र लामो हुन सक्दछ।
उकाली अोराली र जंगार तर्दै
यात्री अघि बढनु पर्दछ
बाटो जनताको घर अागन भएर जानू पर्दछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.