कविता : रूङ्री बिनाको शहर

~देवेन्द्र खेरेस राई~

रूङ्रीः समय
रूङ्रीः चेतना
रूङ्रीः जीवन

जीवन यौटा आस हो
र, साहास पनि हो, मानौ
तर अर्थ तेसै खुल्दैन
छोपिएका पानाहरू नपल्टाएसम्म ।

सिङ्गो पाना पढ्नु
सिङ्गो अर्थ बुभ्नु
म यो शहरमा खोज्दछु
जीवनका पत्ता पत्ता पानाहरू
र, खोजिरहन्छु सधै
मेरा वर्ीयवाण अस्तित्वहरू
विना हिच्किचाहट्
विना रोकटोक
छिन छिनमा
फन्को मार्दछु
शहरको भित्र बाहिर
छेक्न सक्दैन मलाई
कोठाको भ्याल ढोकाहरूले
कि मानिसले अब
मानिस भएर वाच्नु पर्दछ ।

हफिम् युद्घको विलो
लिलाम बडाबड भाउँ
गल्ली गल्लीमा ठोकिन्छ
पश्चिमि हावाको झोक्
वैस पग्लिन्छ सडकमा,
चोकमा र पग्लिन्छ सहरभरि
कृतिम हाँसो
र सौर्न्दर्यको बखान
पिँडा बिर्सिने विज्ञापन हो
जताततै विज्ञापन
मात्र विज्ञापन
कि विज्ञापनको शहर –

समयको फन्कोमारेर
एकमुठि माउस
“ल्किक्” को भरमा
डेस्कटपमा उदाउने
र, अस्ताउने डाइनोश्वरझै
फाइलमा कैदि भएर वाच्नु
यौटा यन्त्रमा सिमित
यौटा समयमा सिमित
मात्र यौटामा सिमित ।

कति साघुरोजीवन –
कति साघुरोबिचार –
कति साघुरोशहर –

रूङ्री विनाको यो शहर
कति साघुँरो –

खोटांग,हाल-हङकङ
11th August 2008

NOTE: रूङ्रीः आत्मा, हंस, सातो । -चाम्लिङ् राई भाषा

(स्रोत : खोटाङ डट अर्ग)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.