कविता : किन यस्तो ?

~कमला दाहाल~

भगवान बदल्नेले सम्मान पाउने
तर
नमान्नेलाई किन गाली गर्ने ?

भगवान, ईश्वर, परमात्मा
संसार रचेको इनले
सबैलाई जन्माएको इनले
जन्मदिनेलाई हामी माता-पिता भन्छौं
माता-पिताले जस्तो जन्माए
जन्मनेले किन अस्वीकार गर्ने ?

तर परिवर्तनको खेल
यो कस्तो हो कुन्नि
आफनै माता-पिता पनि परिवर्तन हुने !

ई, जन्म दिनेहरू दिन-प्रतिदिन
परिवर्तन भैरहेका छन्
आज ब्रह्माले जन्माएकाहरू
भोलि जिजसको बनिरहेछन्
पर्शी अल्लाहको !

हिजो मन्दिर धाउनेहरू
आज चर्च धाउँदै छन्
काल्पनिक पिता बदल्दै छन्
जन्म दिने असली माता-पितालाई बिर्सेर,
कल्पना न हो जति बदले पनि हुन्छ
आफ्नो माता-पिता पनि के बदल्न सक्लान र
धर्म र ईश्वर बदल्नेहरुले ?

मान्छेको विवशताले धर्मलाई जन्म दियो
विवशताको तिब्र चापले परिवर्तन ल्यायो
हो, ईश्वर पनि मात्र एक कल्पना हो
तेसैले त यति बदली रहेको छ ईश्वर
नत्र
जन्म दिने आमाको कोख किन बिर्सिन्थ्यो बच्चाले !

कमला दाहाल, हाल इजरायल

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.