~सदानन्द अभागी~
बिहानीको सङ्गम हो यो एकछिन पर्ख घाम
सीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम
जवानीमा हुँदो रैछ जोश अनि गतिशीलता
गरेको छु विन्तीभाव नसुनेता चक्काजाम
हृदयकी रानी तिमी झोपडी कि सुवास हौ
तिनी विना गरिबको वेकार हुन्छ चारै धाम
प्रेमपत्र धेरै लेख्यौ पढ्दैमा थकित भएँ
आज प¥यौ अँगालोमा छोड्दिन दिवासाम
जीवनमा मिलन भो अव हुन्न परतन्त्र
स्वतन्त्रता रक्षा गर्न ज्यान फाली गर्छु काम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )