~सुयोग अनुप झा~
मेरो देशको सुरक्षाको रहेको मेरो दायित्व आज पूरा गर्नु छ
हे नेपाल आमा, काल कोरोनाको अब विनाश ल्याउनु छ
यस धर्तीमा आएको सबै महामारीसँग लड्ने काम छ मेरो
बिरामीको मुस्कान फेरि फिर्ता ल्याउनुमा नै आराम छ मेरो
देशको कर्मठीको शकुशल जीवन बचाउनु मेरो दायित्व छ
यहि हामी चिकित्सकको मनले मानेको एक पूर्णतव छ
यो देशलाई फेरि अब्बल बनाउने नयनको सपना छ मेरो
फेरि सबै क्षेत्रमा फूल बर्साउने हृदयको कल्पना छ मेरो
छ प्रतिज्ञा नेपाल माता तिर्मो सबै पुत्रको सेवा सधै गर्ने छु
एकएक दिनरात बितोस् तर हर एक जिवनको रक्षा गर्ने छु
मेरो देशलाई सदावहार सगरमाथा जस्तै मजबुत राख्ने छु
जीवनको अन्तिम श्वाससम्म पसिनाको सागर बगाउने छु
सुयोग अनुप झा
धनुषा,प्रदेश न २,नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )