कविता : नआऊ भुकम्प, जाऊ कोरोना

~डम्बर बिकेल~

सम्झिन्छु, २०७२ वैशाख १२ गते
र्थिर्कएको जमिन, हल्लिएको धरती
भत्किएका घरहरु, ढलेको धरहरा
धेरै धनको क्षति, धेरै जनको मृत्यु
बाँच्नेहरु पाएनौँ घरभित्र बस्न
बाँच्नेहरु बाध्य भयौँ घरबाहिर सुत्न
आयो भुकम्प, ल्यायो भुकम्प प्रकृतिले

भोग्दैछु, २०७७ वैशाख १२ गते
तर्सिएको संसार, डराएको दुनियाँ
लकडाउनमा देशहरु, हारेको विज्ञान
विश्वकै दुर्गति, धेरै मानवको मृत्यु
बाँच्नेहरु पाउँदैनौँ घरबाहिर जान
बाँच्नेहरु बाध्य भयौँ घरभित्र बस्न
आयो कोरोना, ल्यायो कोरोना प्रकृतिले

हे प्रकति,
बँच्नु छ , भुकम्पबाट घरबाहिर बसेर
हे प्रकृति,
बँच्नु छ , कोरोनाबाट घरभित्र बसेर

त्यसैले,
भुकम्प कोरोनासँगै नआऊ
कोरोना भुकम्पसँगै नआऊ

हे प्रकृति,
नआऊ भुकम्प
जाऊ कोरोना

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.