~शिव चालिसे ‘प्रभात’~
मेराे देश
मेराे अवस्था
निरीह जनताहरुकाे व्यवस्था
एक आङ कपडा
एक पेट आटाे
एक शरीर छानाे र जमिन
एक मुख जवाफ नभएकाहरु
बहुमतमा छन
हाे तिनैका लागि युद्ध गरेर सहिद बन्न
म तयार छैन ।
उनिहरुका लागि सधै याेद्दा बन्नेछु रणभुमिमा
शहिद भन्ने शब्दकै अपमान भएपछि
शहिदहरुकाे सम्मान
र
अपराधीहरुकाे संमानमा
अपराधिहरुले नै ए प्लस ल्यायपछि
शहिद बन्ने रहर कस्लाई जाग्ला र
दिन ढाहाडै रात नछिपिदै
स्वदेशमा सुत्नेहरु
विदेशमा उठेकाछन
चरम पुजीकाे विकास
र
विस्तारवादि नितिबाट
अपहेलित मेरा दाजुभाइ
मुर्छित हुँदै अालाप बिलाप गरिरहेछन
सुन्दैन क्याबिनेट
बाेल्दैन बैठक
देख्दैन न्यायलय
हाे तिनै दाजुभाइकाे ज्युनु र मर्नुकाे लडाइँमा
म सहिद बन्न तयार छैन
म सधैं जिवित रहने रणभुमीकाे याेद्दा बन्नेछु
हातमा मेराे पनि हात
काधमा मेराे पनि काध
साथमा मेराे पनि साथ
शहिदकाे परिचय बिकेपछि
म जिवित याेद्दा बन्न चाहान्छु ।।
आस्थाकाे लडाइँ
विश्वासको भाेगाई
र निर्कृष्ट व्याबहारकाे उपजबाट
जन्मेको विद्राेहलाई संस्थागत गर्न
खाेलिएका परिषदहरुमा म रहनेछु
अनि संस्थागत गर्नेछु विद्रोहलाई
गठन तथा पुनर्गठन गर्दै पुग्नेछु गाउँगाउँ
अनि भेटिनेछन
बहुमतका अभिमतहरु
तिनै अभिमतलाई संस्थागत गर्ने लडाइँमा
म सहिद बन्न तयार छैन
शहिदकाे उपादि बिक्रीमा बसेका बेला
किन्ने मेराे हैसियत हुने छैन
त्यसैले म जिवित याेद्दा बनिरहनेछु
आफ्नाे दर्दनाक कहानिबाट
आफ्नाै मन पाटेकाहरु
तन टुटेकाहरु
शरीर रहेपनि देश खाेसिएकाहरु
छातिमा संघिन र अन्यायकाे आगाे झाेसिएकाहरु
आउ बदलाकाे भावना वाेकेर
शहिद बन्न हाेईन
सधैं जिवित याेद्दा बन्नका लागि
हाे सधैं जिबित याेद्दा बन्नका लागि ।।
– शिव चालिसे (प्रभात)
बागलुङ
२०७६/१२/३०
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )