गजल ; लालित्य पोखेर आयौ

~सरुजी~

स्निग्ध चेहरामा भरोसाको लालित्य पोखेर आयौ
उसले भन्दा बढी दिन्छु भनि माया जोखेर आयौ ।

हरा भरा उनको जिन्दगीको त्यो आंचलमा खेली
हतारमा ममताको बिउ खोई किन रोपेर आयौ ।

सम्झनाले अहिले दुखी बन्यौ कि खुसी भयौ कुन्नी
मिर्मिरेको घुम्टोले लाजको चेहरा छोपेर आयौ ।

अनुभुत गर्दै छु तिम्रो आगमनको र लाग्दैछ
समयको पदचाप नै तिमी टक्क रोकेर आयौ ।

तिम्रो मेरो प्रेमको बुझाइ फरक थियो सायद
त्यसैले त होला बेहोशी यो उन्माद बोकेर आयौ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.