गजल : इच्छाहरू मार्नु छ

~शीतल शर्मा~

मनका धेरै दर्द सहेर इच्छाहरू मार्नु छ
तिमीलाई भट्ने सबै भाखाहरू सार्नु छ ।

मृत्युकाे आभाषलाई मनबाटै निकाल्न
बाँच्नुकाे अनुभव संगाल्न धैर्यतालाई खार्नु छ ।

हतार नगर प्रिय, पर्खिराख, सुनाैला दिनहरू
सजाय दिने प्रकृतिकाे नियतिलाई टार्नु छ ।

तिमी र म संगसंगै जंघार तर्नका लागि
संसारबाटै नरभक्षी काेराेनालाई तार्नु छ ।

तिम्रा र मेरा सपना सजाउनकै लागि
त्यहि काेराेनाबाट बच्न लकडाउन बार्नु छ ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.