कविता : यो धर्तिको सलाम

~अलका मल्ल~

आफ्नाहरु आफ्नोबाट पर पर भागी रहे ।
पाहुना सम्मान चलन सब हराए झै भए ।।
चाडपर्व , रितिरिवाज खै कता गए गए !
समय यस्तै छ चित्कार र त्रास कोरोना को।।

मानिस बिनाको गाउँ सहर लक डाउनमा टोलाई रहेछन् ।
हरियाली जङ्गलहरु पतझर सरि नाङ्गि रहेछन् ।।
बगैंचाका फूलहरु माली बिना रोइ रहेछन् ।
अदृश्य, आवजबिहिन महामारी फैलिंदैछ्न् ।।

त्यसैले,
सलाम छ डाक्टर, नर्स जो भगवान बनिरह् याै।
सलाम छ प्रहरी, सैनिक जो सबको रक्षक बन्याै ।।
सलाम छ सन्चारकर्मि, पत्रकारबर्ग सचेतक बन्याै।
सलाम छ अन्न् दाता जो दिन दुखीको भोक हटायाै ।।
सलाम छ स्वयं सेवक अनि कल्याणकारी लाई ।
संसारका सम्पूर्ण मानवलाई यो धर्तीको सलाम ।।
यो महामारीमा भगवान् पनि बिवस भए ।< भगवान् लाई चकित पार्ने बिज्ञान लाई सलाम ।। -कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.