~हेम जङ्ग कार्की~
कोरोनाको नामले तिमी मात्तिएर हिँड्छौ अरे
साना ठुला राष्ट्र नभनी बत्तिएर हिँड्छौ अरे
रुप रंग कस्तो तिम्रो कसैले देख्न सकेन
ओल्ले देखी पल्लो किनार पात्तिएर हिँड्छौ अरे
तिमी प्राकृतिक हौ की जैविक भाइरस हौ
विश्व भ्रमण तिर पो तात्तिएर हिँड्छौ अरे
मान्छे प्याकप्याक पा¥यौ कुना कुना पुगी आज
वुर्कुसी मारी अझै पनि च्यात्तिएरर हिँड्छौ अरे
चिसंखुगढी ८, माम्खा
ओखलढुङ्गा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )