~सरोज फुयाल~
बा साच्चै नै बा जस्तै लाग्छ उमेर ढल्के पछि ।
जन्म दिनमा निकै मुठ्ठा मैन बत्ती सल्के पछि ।
आमा नहुँदा बा ले कहिलै काँचो खुवाउनु भएन
बा आमा जस्तै लाग्छ पेटको खाना सक्के पछि ।
साच्चै बा का दारी कपाल यस्ता थिएनन् पहिला
यस्तो लाग्छ पुरानो बा टक्क आँखामा चम्के पछि ।
बा आफैँ डाँडा पारिको घाम हुन लागि सक्नु भयो
अझै मेरै पिर गर्नु हुन्छ म घर बाट कतै निस्के पछि ।
बा ले घरलाई कहिलै अस्ताउन दिनु भएको छैन
जसरी उज्यालो दिन्छ बिहानी सुर्य झुल्के पछि।
– कमलामाई न.पा. सिन्धुली, वार्ड नं. ५
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )