~डा. विदुर चालिसे~
निंद्रा लागिरहेकाे थिएन् । एउटाले थ्यास्स फ्रेण्ड रिक्वेष्ट पठायाे । लाग्न लाग्न लागेकाे निंद्रा कता भाग्याे भाग्याे थाहै भएन । मैसेन्जरमा म्यासेज अायाे ।
–“डल्ली ! कति बज्याे र अहिलेसम्म नसुतेकाे, छिटाे ?”
म त झसङ्ग भएँ । भरखरै अाएकाे फ्रेण्ड रिक्वेष्ट पछिकाे मेसेजले मेराे दिमाग तिल्मिलायाे । यसाे विचार गरेँ । याे मान्छे पक्कै पनि सुतेकाे छैन । यसलाई जिस्क्याउन पर्याे भनेर मैले पनि उत्तर लेखिदिएँ ।
–“मेराे हजुर, हजुरलाई नै पर्खेर बसेकाे !”
याे मैसेज उता पुग्न नपाउँदै फेरि अर्काे मैसेज हाम फालेर अायाे ।
–“क्या बाेर भइसक्याे । भन न तिमीसँग म कहिले विहे गर्ने ?”
एकछिन ‘अा..हाेस’ भनेर माेवाइल त्यसै राखेँ । सेकेण्डपछि फेरि मेसेज अायाे ।
–“भन न डार्लिङ्ग, कस्ताे नबाेलेकाे तिमी त ?”
म निंद्राले अलि झकाएकाे थिएँ । जवाफ नदिई सुखै पाइएन । अनि फेरि लेखिदिएँ ।
–“म केटा मान्छे हाे । तपाईसँग मेराे विहे हुँदैन ।”
–“अाच्याै, किन रिसाकाे ?”
–“तपाईं काे हाे ? म त केटी मान्छेसँग मात्रै विहे गर्ने मान्छे हाे ।”
–“ल ल भाेलि भेटाैला है ?”
त्यसपछि ज्यादै निंद्रा लागेकाेले वास्ता व्यास्ता नगरिकन माेवाइल अफ गरेर राखेँ । रातिकाे निंद्रा त्यसै कच्याकुचुक भयाे । राति निकैबेर तर्कना चल्याे मैसेज गर्ने मान्छे काे हाेला ? फेरि माेवाइल खाेलेर प्राेफाइल हेरेँ । न फाेटाे, न परिचय, न कुनै अन्य फ्रेण्डहरू थिए । त्यसपछि अाफैं थाकेर सुतेँ । पछि कुनै मैसेज पनि अाएन ।भाेलिपल्ट विहान म मर्निड्ग वाकमा हिंडिरहेकाे थिएँ । मसँग साथीहरू काेही पनि थिएनन् । मधुराे अँध्याराे भएकाेले म अाफ्नै तालमा फटाफट हिंडेकाे थिएँ । पल्लाे घरकाे त्याे बा मलाई बाटाेमा देखेर लजाउँदै थिए । अनि हातमा भएकाे माेवाइल परपर हत्पत लुकाउँदै भागिरहेका थिए । बल्लतल्ल मैले अन्दाज गरेँ बुढा बाकाे प्रेम वियाेगकाे कथा ।पछिल्लाे रात फेरि उनले अाफुलाई सच्याउँदै मैसेज लेखे ।
–“सरि है ! हिजाेकाे मैसेज डिलिट गर्दिनु ल ? अर्कैले दिएकाे डेट थियाे र लेखेकाेे त्यता परेछ ।”
साेचें, त्याे बा साच्चिकै बुढेस कालमा कसैलाई दिने प्रेममा बरू कति हतास, कति हुरूक्क ! बाका अाँखा टाढा टाढासम्म थिए ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)