~दीपा राई पुन~
आसाका पहाडहरू
पैह्रो बनेर
मनको संघारमा खस्दा
जीवनको आलीमा बसेर
खुइया गर्न नपाउँदै
रूझेको छु पीडाको
दर्के झरीमा लछेप्रै
कसो कसो पारीपट्टी
उत्तिसको रूखमा रहर झुण्डेर
मलाई जिस्काउँदा त
आयाउँनी !
लाजले भुतुक्क भएर
हाँस्न पो थालेछु
जीवनको तारेभिरमा
उहीँ बेलाबाट
म पनि हरियै । ।
– हाल, बोस्टन, अमेरिका