कविता : प्रेमको रंग १

~दीपा राई~

म अनि पुर्व दिशा
एक अर्काको आखाको दहमा
डुबेका छौ
परेली झिमिक्क नगरी
म पर्खिरहेको छु
जन्मिनै लागेको त्यो नाबालक धामलाई
बर्षिन लागेको आकाशको परेलीमा
केही छिटा रातो परेको छ
त्यो छिटाको एक छिर्का उच्छिटिएर
मेरो आखाको नानीमा थपक्क बसेको छ
अनि कोरिएको छ एउटा
रातो धर्सो- मुटुको बीचमा
प्रेमको रङ …

गान्तोक, सिक्किम।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.