कविता : अनन्तमा लुकेको क्षण

~बिपिन शर्मा~

हाम्रो दुई जीवन रेखा विच
कहीं कतै मिलन विन्दु छ
जहाँ,
अलग आँखाले देखेका

स्वप्नहरुको समागमवाट
निरन्तर खुसीहरु जन्मिरहेका हुनेछन्,
सोचौं
आज रोपेका विश्‍वासहरु
कुनै दिन त फुल्नेछन्,
आज बोकेका व्यथाहरु
भोलीका पलहरुले भुल्नेछन्,
अनि जीन्दगी,
केही पाए जस्तै
केही गुमाए जस्तै

पाउनु र गुमाउनुमा अद्‍भुत
खुसी हुनेछ उस्तै,
जीवन एउटा पर्खाई बन्दैछ,
हो,
जीवन एउटा आशा बन्दैछ,
किन हामी लक्ष्यलाई
अनन्त सम्म नधकेलौं ?
किन हामी सारा आशा
टिपेर नसमेटौं ?
हो, अँध्यारो छ सर्वत्र
त्यसैले त आशा छ उज्यालोको,
लाग्छ,
अनन्त भन्दा टाढा अनन्तमा

एउटा बिहानी हुँदैछ,
हाम्रो चाँदका अश्रुथोपा
मोती झै टिल्पिलाउँदैछन् त्यहाँ,

कल्पन्छु,
सारा मोती समेटेर एउटा माला गासौं
हाम्रो पहिलो भेटमा
तिमीलाई उपहार !

तिमी मुस्कुराउँछ्यौ,

कोइली गाउँछे एउटा गीत
आगमनमा कसैको
ऋतु बोल्छ…..

शिशिर तिमी जाऊ !

म आएँ बहार!

त्यो क्षण हामी सोचौंला

यो सब…..

मित्रता थियो कि प्यार !!!!!!

Bipin Mishra
Gairi Dhara, KTM

(स्रोत: तन्नेरी डट कम – Issue 5 – Baisakh, 2062)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.