अनूदित कविता : ताइशानतिर हेर्दा

~तु फु~
अनुवाद: तिर्थराज वन्त

ताइशान किन आज यस्तो विधि
बनिरहेछ अलौकिक –
हेर यो कसरी उभिरहेछ चि र लु माथि
कहिल्यै नघर्टाई हलुका नीलो वैभव आफ्नो !
सुरु-सुरुमा भएर सम्पन्न उत्साह यस्तो,
यसको एकातिर घमाइलो अनुहार
अर्कोतिर उकालो ओरालो अन्धकार,
साँझ र बिहानको रूप
देखाई एकै विन्दुमा,
बादलहरू उठिरहेछन् पत्रैपत्र भएर
यसलाई सधैँ सधैँ नयाँ तुल्याएर,
यसका टुप्पा-टुप्पासम्म छुनेगरी उड्ने
चराहरूको छैन अनुकरण गर्न सजिलो,
एक दिन म यसको टुप्पासम्म चढ्नेछु
अनि मेरा तलतिर परेका
वरिपरिका पहाडका चुचुराहरू
कति साना देखिँदा रहेछन्
म अनुभव गर्नेछु ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.