कविता : म त बाटो बिराएको मान्छे

~हेम जङ्ग कार्की~

प्राकृतिक प्रकोप नियन्त्रण गर्ने चुस्त शक्ति बनाउ सरकार ।
बाडी पहिरो आँउन सक्छ, नियन्त्रणको तयारी गर सरकार ।
भुकम्प आउँन सक्छ, आवश्यक तयारी अग्रिम गर सरकार ।
आगो लागि हुन सक्छ, दम्कलमा पानी भरेर राख सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

राज्यलाई निकास दिने दुरुस्त शक्तिको पहिचान गर सरकार ।
काम विशेषका उर्जावान जनशक्तिको उत्पादन गर सरकार ।
बौदिक ज्ञान भएका जनशक्तिहरु विदेशिनबाट रोक सरकार ।
राम्रो काम गर्नेलाई पुरस्कृत र वेमानीलाई दण्ड गर सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

विषय अन्तर्गत विशेषज्ञलाई दिनरात काम देउ सरकार ।
लगनसिल ब्यत्तीलाई कृषिमा भारी अनुदान देउ सरकार ।
आफ्ना देशका यूवा शक्तिलाई यही प्रयोग गर सरकार ।
शिक्षा स्वास्थ्य निसुल्क गर तलव बढी चाहिदैन सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

दक्षता र योग्यता अन्तर्गतका रोजगार खुला गर सरकार ।
भ्रष्टचारीलाई कुनै कसुर नराखी ठाडो जेल कोच सरकार ।
विकासमा बाधा पु¥याउनेलाई कालोसुचीमा राख सरकार ।
राज्यद्रोह गर्नेलाई आजिवन कारावास चलान गर सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

भुमाफिया र मतियारलाई क्षेत्राधिकार भित्र राख सरकार ।
काम चोर जुन सुकै कर्मचारीलाई वर्खास्त गर सरकार ।
वेमौसमी पार्टीगत यूनियनहरु सबै खारेज गर सरकार ।
दक्षता क्षमताको आधारमा कर्मचारी बढुवा गर सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

भूमी हिन र असाय ब्यक्तिलाई भूमि दिलाई देउ सरकार ।
बौदिक अपाङ्गतालाई सुरक्षित ब्यवस्था गरी देउ सरकार ।
गुण्डा राज र दादागिरी प्रवृति तुरुन्त अन्त्य गर सरकार ।
संकटको वेला कालो वजारी गर्नेलाई जेल कोच सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

ठुला घरनाका ब्यापारीलाई संसद नबाई देउ सरकार ।
ठुला ठेक्का पट्टा गर्ने मानिसको नजिक नहोउ सरकार ।
कमिसनको खेलबाडमा विर्सेर पनि जनाउ सरकार ।
आफ्नो धर्म संस्कार अनुसार कस्सम खाउ सरकार ।
भ्रामक समाचार लेख्ने संचार माध्यमलाई खारेज गर सरकार ।
मैले त भन्ने हो सरकार, म त बाटो बिराएको मान्छे ।

चिसंखुगढी ८, माम्खा
ओखलढुङ्गा
२०७६|०१|०७

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.