गजल : टालें जिन्दगीलाई

~बिक्रम चेतनशील राई~

यतै फाटयो उतै फाटयो टालें जिन्दगीलाई
गर्नसम्म माया गरें साले जिन्दगीलाई

हत्केलाले बार हाली उज्यालोलाई जोगाइरहें
सफलताको कामनामा दियो बालें जिन्दगीलाई

नक्कल गर्न सिपालु छु लाली पाउडर क्रिम घस्न
कहाँ त्यो गोरो हुन्थ्यो कर्मै काले जिन्दगीलाई

पाहुना पो हो कि भनी सत्कार गरें जिन्दगीको
जिन्दगीको भाडा तिर्दै पाल्ने पालें जिन्दगीलाई

जन्मेपछि मर्नुपर्छ मर्नदेखि डर लाग्दैन
यमराजलाई भेट्न जा भन्न थाले जिन्दगीलाई ।

17th August 2008
दुर्छिम-१, खोटाङ
हाल-दोहा कतार

(स्रोत : खोटाङ डट अर्ग)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.