~डा. विदुर चालिसे~
दुर्नाम बगरकाे एउटा किनारामा
जब अाँखाहरू सुतिदिन्छन् बेखर
उज्याला प्रहरहरू पनि बाैलाएर
तब सडकमा छताछुल्ल पाेखिन्छन्
मनसँग हररातका निंद्रामा अालश्यहरू
याे समय कस्ता, कस्का हुन् बेहदहरू
कालाे या कलिकाे हरेक सुहागराग छेउ
छुट्न नसकेका छुटिदिन्थे रहरहरू बीच
उठ्न नसकेका उठिदिन्थे जहरहरू बीच
याे समय सन्दर्भ हाे, पर्खेर बस्नु मात्र न हाे
हरेक पटक जाग्रत जामाका टुनामुनासँग ।
उफ्रिरहेका अाला टाँचाहरू पाेलिरहन्थे त्यसै
मेरा धरापका रातहरूमा धुन्मुनिएर ऐंठनसँग !
अलापका तान्पुरामा बजिरहेथ्याे दुखीकाे स्वर
कलिकाे प्रलापमा उडेथ्याे अमिला स्वादहरू
सुस्त सुस्त परिबन्दका अप्ठेरा चालहरू बीच !
लैजायाे यतैकतै मेरा मनहरूलाई बिसाउन बरू
कालाे उठेका नजरका रसिला अाँशुहरू बिजाई
भत्केका अाशाका विलापमा कलेजाेमा सजाई !
मुटु पनि दुख्न छाेड्याे अब त किन हाे, सहरमा
भावुकताकाे तरेलीले अल्जिएकाे पछ्याैरीसँग
अाभा पनि उठ्न छाेड्याे त्यसै, लाै याे रहरमा
जिन्दगीकाे कालाे विरह या कलिकाे नजरमा !
बाटाे बाटाेका खुड्किलामा चिहाएर हेर्नेहरू
मेराे बाटाे छाेडिदेउ अाफूलाई बेच्न रहरहरू
चराजस्तै निस्वार्थ उडिरहने प्रतीयमान छेउ
गाेधुलीका ताता हावा र मेरा गन्तव्यहरू
कावा खाएर उडिरहेथे सगरभरि
समाउन खाेज्दथेँ हातमा
बस् ! कालाे या कलिकाे छल !
कलिकाे छलमा कलिलाे प्रभा !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)