गीत : दोषी मै हुँ कि

~पूर्णिमा रानामगर~

दोषी मै हुँ कि यस्तो, या हो परिस्थिती
शुन्य महासुन्य, लाग्छ छैन कोहि वरिपरी

ओइलि झरेको फुल भएछु, फेरी म फुलुकसरी –
भत्किएको छ मनको मुहान कसले भन्ने कठैबरी
म छु र छन म संग मेरो एकल पिडा
जिउदै भएकी छु मशानको एक चिता
दोषी मै…………………..
सुन्य…………………………..

जोडु म कसरी चुकेको चुरा झै भएछ जिन्दगानी
हेर्दाहेर्दै रिक्त जिन्दगी हरिण सगै लागेछ ओराली
झुर्का बिझेको मनको यो नमिठो पिडा
जिउँदै भएकी छु मशानको म एक चिता
दोषी मै…………………………..
सुन्य………………………………

September 27, 2008

(स्रोत : खोटाङ डट अर्ग)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.