~देबेन्द्र बस्याल~
घना जंगलको मुनी
मेरो सानो घर छ
हरियो घाँसको बीचमा
मेरो उजाड बास छ
मेरो घरको पारीपट्टी
माटोको थुप्रैथुप्रा छन्
थुप्राको वरीपरी दुलैदुला छन्
एकदिन मैले देख्छु
त्याहाँ एउटा मुसा
दुलोबाट बाहिर निष्केर
पल्याकपुलुक हेरेको देख्छु
मेरो बारीको अन्नपात
खाएर उ ढुष्स मोटाएको देख्छु
फेरी पनि आगनीको अनाज चोर्न
बाउन्न जाल चालेको देख्छु
मैले बारेको बार भत्काउन
उसका तिखा दाँतहरु प्रयोग गर्छ
उसका धारीला दाँतहरुले
बारका डण्डीहरु भाँच्ने कुचेष्टा गर्छ
मेरो आष्थाको बार गल्र्याम्मै ढाल्न
उ निकै उद्यत र सक्रिय देखिन्छ
म उसलाई पारी बुटाको
छेलपारेर टुलुटुल हेरिरहन्छु
उसका हर्कतहरु पढिरहन्छु
उसले चालेका गोटीहरुको
हिसाव किताव गरिरहन्छु
मैले उस्लाई धम्क्याएर
उसका दाह्रानङग्रा थुतेर
फ्याक्न चाहान्छु
उसको घरबास खनेर
उठिबास बनाउन चाहान्छु
उसलाई दुलोभित्रै
घाँटी अँठ्याउन चाहान्छु
दुलोबाट थुतेर पछार्न चाहान्छु
आगोको लप्कामा पोलेर
छाला काड्न चाहान्छु
सत्यनास होस गरिबको शत्रु मुसा
अनि उसले थुपारेका
अन्नपात म वापस गर्न चाहान्छु
– देबेन्द्र बस्याल, जापान
२०२०/४/१८
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )