~अनिता (ढकाल) गौतम~
छन्द : शार्दुलविक्रीडित
जन्मेको घर खेल्न आँगन सबै छाडेर जानै छ यो
कस्तो यो विधि हो परत्र घरको नासो भनेको छ यो
भन्छन् लौ घरमा समस्त जनले कस्तो विभेदै भयो
छोरीको मनमा त घाउ गहिरो चोटै परेको छ जो ।
१
मेटिन्नन् सब यी सुसृष्टि दिन हो विधान यस्तै छ यो
छोराको भरमा त मात्र नहुने संसार चल्दैन भो
मान्छेका सँगमा त जीव सबको यस्तै सुचल्ती छ यो
बुझ्दैनौ यदि लौ भने जगत नै हुर्किन्छ कैले त यो ।
२
सम्झे माइतका त हाँसखेल जो विर्सेर विर्सिन्न रे
आफ्नै शैशवका अपार धनका संस्कार आफ्नै छ रे
छोड्दाका दिनमा चसक्क मन यो भक्कानिदै पो गयो
मान्छेको मुटु हो जलेछ अहिले आत्मा रुँँदै पो गयो ।
३
फुल्छन् रे बनमा अनेक थरका पुष्पादि लौ कोमल
दिन्छन् रे नब वासना त सबमा यो बन्छ रे आँचल
त्यस्तै मानिसले सुकर्म त गरोस् कल्याणको खाँतिर
जान्दैनौ कहिल्यै ल जान्छ कसरी देहै छ जो नश्वर ।
४
न्यायो काखसँगै त प्यार कोख त्यो छाडेर आए अब
गर्ने सृष्टि सँगै सुदृष्टि मनले राख्नै त पर्ने सब
मेरो भन्नु कतै थिएन अव हा ! संसार नौलो भयो
कर्मेको घर हो भनेर अव ता आधार अर्के भयो ।
५
जन्मेको घर हो समग्र भरमा ऐश्वर्य सम्बृद्ध होस्
हाँसोखेल बढोस् उमङ्ग गतिले संस्कार बन्दै गरोस्
मेरा वैभव वा त दुख्ख म गरौँ, भन्दै नयाँ कामना
मेरा कुण्ठित भावका तरहले ल्याई नयाँ भावना
६
-निबुवाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला,
हाल मनमैँजू ,तारकेश्वर –९ कठमाण्डौं ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )