गजल : गजलको लगाव राखेर

~करण बुढा मगर ‘क्रेजी’~

मेहफिलमा ,गजलको लगाव राखेर
पढ्दै छु दुईचार वटा किताब राखेर

पिएर साहित्य लेख्न मुस्किल हुन्छ
हुदै हुन्न मित्र गोजीमा सराब राखेर

मन भित्र हजार चोट पीडा हुनुपर्छ
कहाँ हुन्छ ,दिमागमा तनाव राखेर

हिजो सपनीमा कविले धम्की दियो
गजलभन्दा कवितामै प्रभाव राखेर

साहित्यमा गजलको चुनौती दिदैछु
अग्रज सँग सुधारको प्रस्ताव राखेर

-करण बुढा मगर ‘क्रेजी’
मुसिकोट नगरपालिका ८ रुकुम (पश्चिम)
हाल घोराही दाङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.