~बिपिन शर्मा~
भेटिएको के थिएँ तिमीले हराइदियौ
नाम नलिंदै बदनाम मलाई गराइदियौ
विश्वासको दियो निभाइ तिमीले
मेरो जिन्दगि अँध्यारो बनाइदियौ
साथ चल्ने बाचा हजार गर्थ्यौ
आज एक्लो मलाई बनाइदियौ
दुखेको थिएँ त के, सहेकै थिएँ
दया देखाइ क्षणभर सुम्सुम्याइदियौ
मल्हम लगाउने झूठो बहानामा
यो चोट फेरि बल्झाइदियौ ।।
Bipin Mishra
Gairi Dhara, KTM
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)