कविता : बामे–बामपन्थी

~झाँक्री खोले~

झुत्रेझाम्रे महल नहुने, जातिका बासभित्रै,
धर्ती साझा श्रमिक जनका सिर्जना छन् विचित्रै ।
नारा “हाम्रो” परिचय दिने विश्वका सर्वहारा,
मेची–काली दिनदिन उँभो बढ्छ बामे उभार ।। १

आधाराती निडर मनले बास बस्दै छ बामे,
भोकनाड्डा घरघर पसी आँसु तौलिन्छ बामे ।
रुच्दो खाने गरिव जनको गाँस खोज्दै छ बामे,
दाँया वाँया दलबल लिई जड्ड घेर्दै छ बामे ।। २

थोत्रा झुत्रा अपचलनका रूप फेर्दै छ बामे,
स्वास्नी लोग्ने विसम नगरी न्याय गर्दै छ बामे ।
श्यामे–रामे सहृदय भई एकता गर्छ बामे,
तेस्रो पृथ्वी जड नयनको काँचुली फेर्छ बामे ।। ३

आमा बामे वचपन हुँदा, बाबु बामे भएछन् ,
साथी बामे वरपर हुँदा पोइ–जोई बनेछन् ।
नेता बामे जतिजति बढे गाउँ बामे भयो, हो,
सेवा बामे जतिजति गरुन् राष्ट्र–बामे उही हो ।। ४

कोही बामे मुखमुख फुकी वक्तृता युद्ध लड्छन् ,
कोही बामे दुखसुख बुझी शैल–संघर्ष चढ्छन् ।
कोही बामे सडक न सभा खै कहाँ क्रान्ति गर्छन् ?
जन्मैदेखिन् अझतक हरे १ कृष्णका पाउ पर्छन् ।। ५

फाटी बामे चरचर चिरा अंशको माग गर्छन् ,
छल्दै ठूलो कुनियत गरी वन्धुको भाग हर्छन् ।
बामे चक्र्याे अनि दश चिरा, चर्म–शल्या भएन,
सच्चा वैद्यः उदय नहुँदा रौं–चिरा गा“सिएन ।। ६

बामे उच्चा शिखर चुचुरा चीन, मड्डोलियामा,
श्रीलड्ढा वा नव प्रगतिका पेरु, कम्पोचियामा ।
कोरीयाली मुलुक, रुस या दक्षिणी अफ्रिकामा,
हातेमालो नव उदयको हुन्छ क्युवा, चिलीमा ।। ७

भ्वाईलेनिन्, निद नयनमा मुक्तिको स्वप्न देख्थे,
कार्लमाक्र्स् , हिंड्ने विजयपथमा लक्ष्य तोकेर लेख्थे ।
माओ जन्मे, अघिअघि बढे, क्रान्तिको नाम लेखे,
एसीयाली मुलुक यिनले साम्यवादी छ देखे ।। ८

गोञ्जालोका दिन अब डुबे, ज्योति देखाउ बाटो
च्वेग्गेभारा, नवयुगसितै बोल, पाब्लोपिकासो ।
नेपालीका मदन–मनमा एकता गर्न आऊन्
बामे मिल्दा बहुमत हुने विश्व–सत्ता चलाऊन् ।। ९

तानाशाही कुटिल छलले जेलिएको छ शान्ति
सत्ता कब्जा गर अघि बढी दौड ए विश्व क्रान्ति ।
हामी हामी सबल जनतासाथ घन्काउँ नारा
बामे आफैं उठउठ छिटो विश्वका सर्वहारा ।। १०

०६८÷११÷१२

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.