कविता : मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….

~हेम जङ्ग कार्की~

त्यो गरिवको नाममा रकम असुल गरी खानेहरुलाई,
ति कलिला बालिका कारुणीक तवरले वलत्कार गर्नेहरुलाई,
चेलिवेटीहरु कोठिमा वेच्न लाने ति असली राक्षसहरुलाई,
राज्यलाई निकास दिन्छु भन्दै, हिड्ने असली तस्करहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
भुत्ते कुखुरीले अचानामा राखी गिडगिड वनाई दिने थिए ।

हजारौ आमाका सन्तान टुहुरा, असाय र अपांङ्ग पार्नेहरुलाई,
भ्रष्टचारले देश डुबाई आफु सिम्हासनमा वस्ने ब्वासाहरुलाई,
राज्यको ढीकुटी सकी, राज्यदोहन गर्ने, ति टुहुराहरुलाई,
ठुला घटनाहरु गराई, राजनीतिकको आडमा बाच्नेहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
खान नदि, रापमा सुकाई, महिनौ तड्पाई, मारी दिने थिए ।।

राज्यको प्राकृतिक अस्तित्वमा, खेल बाड गर्नेहरुलाई,
वृहत विकासे योजना, यत्रतत्र अलपत्र पार्नेहरुलाई,
करछली धन आर्जन गरी देशको डन हुँ भन्नेहरुलाई,
नीतिगत भ्रष्टचार गर्न सिकाउने र गर्ने ति घुसियाहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
टुडिखेलमा सुलिमा चढाई, झुण्डीयार मारी दिने थिए ।।

विदेश पठाउने नामामा ठगीगरी, धन असुल्नेहरुलाई,
शिक्षाको नाममा चरम राजनीतिक गर्ने नर पीसाचहरुलाई,
नीति परक गलत निर्णय गरी धन दौलथ थुपार्नेहरुलाई,
पदिय दायित्व भन्दा बाहिरको कार्यमा लिप्त हुनेहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
यिनीहरुलाई छिलेर, कन्चटमा गोली ठोकी मारी दिने थिए ।।

पवित्र सम्वन्ध टुटाई, आफ्नो दुनो सोझ्याउनेहरुलाई,
पैशाको नाममा गलत निर्णय गर्ने अधिकारीहरुलाई,
सुख अनुभुतको लागि वच्चिहरु सामुहीक वलत्कार गर्नेहरुलाई,
अत्यावश्यक भवन नमार्णको नाममा व्रम्हलुट मच्चाउनेहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
खुल्ला मञ्चमा राखेर ढुङ्गाले हानेर मारी दिने थिए ।।

स्कुले वच्चा चोरी लग्ने अनि चर्को फिरौति माग्नेहरुलाई,
माहामारीमा खाद्यय वस्नु लुकाउने, पसलेहरुलाई,
इन्धन, ग्यास र मटटीतेल जन्य बस्नु लुकाउनेहरुलाई,
चोेरी डकैती गरी जीवन ऐस आराम साथ जिउनेहरुलाई,
बास्तवीक समाचार नलेख्ने पत्रकारका नामका कलंकहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
बोरामा हाली, मुख बाँधी अक्करबाट फाली दिने थिए ।।

प्राकृतिक सम्पदा दोहन गरी नष्ट गर्नेहरुलाई,
धर्मको नाममा राजनीतिक गर्ने पाखण्डिहरुलाई,
भ्रमपूर्ण समाचार छाप्ने अन्लाईन वल्करहरुलाई,
आफु विश्व ज्योतिस हुँ भन्ने हावाहरुलाई,
भाचिएको खुट्टा फुकेर निको पार्ने धामीझाक्रीहरुलाई,
मेरो जन्म ! बुद्ध जन्मिएको देशमा भएर मात्र । नत्र ….
सुगुर मारे झै च्वाच्वा पारी झिरल रोपी मारि दिने थिए ।।

चिसंखुगढी ८, माम्खा
ओखलढुङ्गा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.