~मनु लोहोरूङ राई~
नयाँ साल आउँछ, नयाँ लहर पनि आउँछ
हर कोही जिन्दगीमा फरक बहर पनि आउँछ
समयको लिकमा अघि बढ्दै जाँदा खेरी
चुनौती आउँछ यहाँ अवसर पनि आउँछ
.
खै कहाँ गयो ऊ, नजरसंग नजर मिलाएर गयो
साँझ बिहानै हेरी रहुँ लाग्ने तिर्खा दिलाएर गयो
नयनको झीरमा उनी गएछ मन-मुटु दुईटै
बाँचेरैे नि मरे सरह यो कस्तो बिष पिलाएर गयो
.
सम्झेछ क्यारे उनैले ‘बाडुली लाग्यो’
कहाँ के गर्दै होला? खुल्दुली लाग्यो
अस्ति भर्खर मात्रै त हो नजर जुधेको
केवल एकै भेटमा “उइ हो घरमुली” लाग्यो
.
कैले आफ्नै ज़िन्दगी लाग्छ ‘बिचारा’ जस्तो
अर्कै छेउ नदी भागेर छोडीएको किनारा जस्तो
बिझाउँनु, दुख्नु र निको हुनु त चक्र जस्तै रहेछ
महसुस भो पीर-खुसीहरू हुन् सुस्ताउने चौतारा जस्तो
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)