~रिजाल किरण~
छन्द : अनुष्टुप
नदुखेको कपाल यो किन आज दुखी गयो
जिउँ ज्यान हजारौं को किन आज चुडी लग्यो
उम्लेको यो प्रकोपैले जन जीवन अस्त छ
मान्छे का बीच मान्छे मै कस्तो विधि त्रस्त छ ।।
महगो महगो मुल्य मानै बेच्छन् भकाभक
कालो बजार गर्नेको दिन फिरे चकाचक
अशक्त भै बसेको छ सरकार कठै बर
पशुपति तिमीनै छौ नेपालीको कृपा गर ।।
सके हातै छ्लौ हामी यात नमन नै गरौ
भिडभाड रुघाखोकी देखि सधै बचौ पर
यसको शक्ति लाग्दैन नेपालीको अघिल्तिर
हामीले भूत कोरोना लकेटौ यो धरा पर ।।
-विराटनगर -१
“अन्जान”
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )