कविता : अनन्तता:एक क्याच्ची जुलुस

~जय क्याक्टस~

हिडिरहेको जुलुस
क्राइस्टका कॉंटीहरू हुन्।

पराश्रव्य- अश्रव्य
तरङ्गहरू हुन्
जुलुस
आ-आफ्नै फ्रिक्वेन्सीवाहक।

मार्क्स-एङ्गेल्स हुन्
जुलुस
आत्महत्याको इन्सुलिन पिलाइएका
या रक्तरञ्जित ट्याट्टु भिराइएका
चुङ्थुङ, सिङ्गुर र नन्दीग्रामहरूमा।

जुलुस
घरि-घरि तितर-वितर हुन्छ
भोक र भोगको टियरग्यासमा
रूमाल भिजाउने पानी छैन
पानी ल्याउने मन्सून आएकै छैन।

तर सँधै झैं
आशाको सुनौलो घाम झुल्किन्छ
एनिमेशनका खेतहरुमा।
साइबोर्ग किसानहरू हुन्
जुलुस
संवेदनाका चिप्स् लक् गरिएका।

नारा लेखिएको छ-
सुक्खा रगतले
म ईश्‍वरपुत्र हुँ।

नेपथ्यमा,
माग गरिरहेछ
एउटा नयॉं मानचित्र
केवल-का क्यानभस्हरूले
डोको, थुन्चे, मान्द्रो, च्याब्रुङका
हरेक स्ट्रोक्स-मा।

हिडिरहेको छ जुलुस
अर्को सहस्राब्दीतिर।

-कालेबुङ

(स्रोत : विचलन प्रकाशन, कालेबुङ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.