कविता : शान्ति प्रयास

~बिभोर बराल~

चारैतिर
आगो बलिरहेछ


काठमाडौँ नाम गरेको
शान्त टापुमा रहेको
मेरो सुरक्षित घर भित्र बसी
फुर्सतको समयमा
लेखिरहेछु
‘शान्ति कविता’

यसोगर्ने
म एक्लो भने होइन
थुप्रैछन् म जस्ता यहाँ

– कोही चित्र बनाउँदैछन्
– कोही गीत गाउँदैछन्
– कोही बेलुन उडाउँदैछन्
– कोही घण्टी बजाउँदैछन्
– कोही गम्भिर बहसमा मस्तछन्
– कोही सडक तताउनमा ब्यस्तछन्

म जस्तै थुप्रै मान्छेका
थुप्रै कुराहरू

शान्तिकोलागि
हामी सबै
केही न केही गरिरहेकैछौँ

यही काठमाडौँ नाम गरेको
शान्त टापुमा बसेर
चियाको चुस्की लिँदै
फुर्सतको समयमा।

Bibhor Baral ,
Tangal, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.