आविष्कार कलाका एघार मुक्तकहरु

~आविष्कार कला~

सन्दर्भ : #कोरोना

हिमालको फेददेखि सागरको पारि
विश्वयुद्ध चलेको छ विना बमबारी
कति महिने यात्रालाई हिडेकी तिमी
अब हामी सहदैनौ तिम्रो महामारी ।।

बढ्दो जनसंख्या धर्तीलाई भार
बढिरहेको छ कोरोनाको मार
घन्किरहेछ पृथ्वीले एक सुत्रिय नारा
बन्द गर्नुपर्छ मानवीय अत्याचार ।।

न रुप तिम्रो न छ स्पर्श
मानव मार्दा तिमीलाई हर्ष
अति होइन अत्याचार गर्‍यौ
कोरोनाको आयुमा छैन यो वर्ष ।।

अत्यावश्यक कामलाई लात
न्यायप्रेमी जनतालाई घात
कुम्लाउदै देशको सम्पत्ति
पुगिदैन कुनै समाजवाद ।।

दिनका दिन बढ्दैछ कोरोनाको दर्ता
मातृभूमि फर्कदैछौ विपत्तिमा पर्दा
सार्वभौमसत्ता जनतामा छ भने सरकार
किन ? लाठी बर्साईन्छ महाकाली तर्दा ।

जहाज हामीलाई चाहिदैन पैदलमार्ग देउ
क्वारेन्टाइनमा बस्छौं आफ्नौ गाउँको छेउ
फर्कीदैछौ आफ्नै देश बाचिन्छ कि भनी
जनता हुन इतिहास निर्माता भन्ने बुझिदेउ ।

बढ्दैछ ढुकढुकी
हिड्नु पर्ने लुकिलुकी
कोरोना दुष्टकै कारण
फेरियो जगतकै दैनिकी ।।

कानुनको सहयोगमा जनता नियन्त्रणमा
घुमि हिड्ने भाइरस भने छैन नियन्त्रणमा
समाजवादको अभ्यास पनि हुन्छ कानुनमा
गोजी जाँच्ने अस्पताल कस्को नियन्त्रणमा ।।

थर्काउदै विश्वलाई कोरोनाको भ्रमण
हिटलर र मुसोलिनिको भन्दा ठूलो प्रण
याद राख नै कोरोना होला तेरै क्षति
हामी नै हो विश्व जित्ने गोर्खालीको गण ।

बाहिर निस्कदैमा भईदैन बहादुरी
६ फिट भन्दा कम नहोस् है दुरी
नियम मिचे कार्वाही अवश्य हुन्छ
नर्कको यात्रा हो हुदैन स्वर्गपुरी ।।

-मल्लरानी ३ प्युठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.