~रुजन न्यौपाने~
कुलेसो बग्यो
खालि पारेर पानी
अजुँली रित्तै ।
चोखो भो जल
चेपुवा बाट भेल
पिएर लाग्ने ।
रातको माया
नजर छेउ लाए
रोपिन्न बिउ ।
रुखको छेको
सियाँल माथि मन
मुटुमा बादल ।
नापेर बित्ता
पसारी दुई हात
च्याप्छु पखेरा ।
झोलिको भिक्षा
जोगिनीको तिउँन
जोडिको रात ।
सर्बनाम भो
तिमीले दे’को माया
नजुध्ने नजर ।
सुहागरात
बसन्त गोडमेल
रित्तो खटिया ।