~कृसु क्षेत्री~
हुन त तिमीसँग एकरात माँगेको हुँ
एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ
एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर
कहिल्यै निको नहुने एक आधात मागेको हुँ
शष्क भएका सबै इच्छाहरु मुर्झाउन
तिमी सँग बैँसको रमाइलो बात मागेको हुँ
धेरै पिर्इयो नशा तिम्रो अनुपस्थितिमा
समीप हुँदा तिम्रो यौवनको मात मागेको हुँ
आजको भेटपछि प्रतीक्षामा बिताउन मैले
सहवासको मधुर सम्झनाको खात मागेको हुँ ।