~मनोज न्यौपाने~
हावा नै नचली जब पात हल्लियो
लाग्यो नदेखिने कुनै हात हल्लियो
खस्न थाले जब ताराहरु नभका
अँध्यारोको मुटुसँगै रात हल्लियो
सत्यलाई सजिलै चबाउँछु भन्थ्यौ
चबाउन नथाल्दै किन दाँत हल्लियो
कतिपल्ट तिमीले झुक्यायौ सम्झ त !
सोच किन हाम्रो प्यारो साथ हल्लियो
पिपलको जरोले अँगालो के हाल्यो
ढुङ्गा जो मौन थियो उसको आँत हल्लियो।