~धर्मोगत शर्मा तूफान~
जिन्दगीको आज न्यानो सलाम आएकोछ
मेरो नाममा एउटा रातो खाम आएकोछ ।
अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो
दैलोमा धेरैपछि मेरो घाम आएको छ ।
उजाड बाटो जिन्दगीको धेरै हिँडेपछि
बल्ल आज बसन्तको याम आएकोछ ।
धेरै धेरै लामो यात्रा हिँडदै हिँडदै जाँदा
आज बल्ल थकाइ मार्ने ठाम आएकोछ ।