~ध्रुबराज पौडेल~
म डाँडामाथिको त्यो घाम हूँ ,
म मानवताको त्यो धाम हूँ।
यो जीवनचक्र पार गरी ,
अन्तिम क्षणको चार घडी ।
पाल मलाई र पूण्य कमाउ ,
या फाल मलाई र खुश रहू ।
म तिम्रै शरणको राम हूँ ,
म मानवताको त्यो धाम हूँ ।
ईन्द्रियहरुले कर्म छोडे ,
स्वजनहरुले धर्म छोडे ।
यो भवसागर पार तरी ,
कसरी म भेटूँ हे श्री हरी ।
म वृद्घ जीवनको सुनाम हूँ ।
म मानवताको त्यो धाम हूँ ।
(स्रोत : नेपालीकविता डट कम)