कविता : सैतानी ब्वाँसाहरु

~हरि अज्ञात~

सानो अनि भुन्तुने बाखाको पाठो
खान तम्तयार छन् यी ब्वाँसा हरु
मिठो स्वाद हुन्छ भन्दै |
झगडा गरेको झैँ गर्दै |
ल्वांग चपाया झैँ गरि चपौछु भनेर
तर तेती सजिलो होला जस्तो लाग्दैन मलाई |
अलि कठिन नै होला यो लैजान को लागि |
मिठो कुरो गरेर भयन भनेर थर्काउन खोज्ने यी ब्वाँसा हरु
खान को लागि फेरी खोस्ने मनस्थित मा बसे को छन ..
कति आए यी बाख्रा को सानो पाठो खान
तर
खान सकेन र हिडेको हामी सित ठुलो कहानी छ
इतिहास छ |
जनता ढाटेको कति इतिहास छ हामी सित तसर्थ
बरु चुप लगेर हिडेको नै उत्तम होला सैतानी ब्वासा हरु
रगत खान सिपालु यी ब्वाँसा हरु |
रगत पिपाशु हरु र कलंक हरु |
होसियार ! जनता को रगत को वास्ता नगर्ने नर-पशु हरु .
सदै रगत को आहालमा रम्न नसिक,
बरु सेवा को भाब ले ओत प्रोत हुन् पर्यत्न गर
यो नै जनता को चाहना हो
के गरेको छौ आज सम्म ति गरिब जनता को लागि ?
के दियोउ ति बुढा दु:खी नेपाली बाबु आमा को लागि
के पाय ति बिदुवा दिदबहिनी हरुले के दियोउ ? सहिद को रगतको मूल्य
महल अनि पजेरो तिम्रो स्वास्नी लागि ……..
वाह वह नेता को नाम का कलंक हरु
वाह वहा राजनीतिक नाम का भ्रष्ट नेता हरु
बरु बनारस को पाटि उपयुक्त हुन्छ
किन जनता लागि भोलि भोलि को नारा ………
कुन मुख ले बोलेका?
भो पुग्यो अब …….
………तिम्रा ति सैतान राज हरु ब्वाँसाहरु काला कलंक हरु

हाल: इजराएल
(कवि दीप्स साहको संयोजनमा ‘ईजराईलका नेपाली कविता 2010’ विशेष)

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.