~दिपेन्द्र सिंखडा~
छन्द : शार्दुलविक्रीडित
ती बितेका जुग सब देखेकै हुँ, थिए सबै मङ्गलै
हुँन्छ यो साल पनि पक्का मङ्गलै, नहोस दु:ख कतै
म जन्मदा पनि राम्रै थियो जगत्, थेनन् बेखुस कोही
म हुर्कदा पनि सुखी थ्यो जगतै, हुन्थेन कहीँ लडाइँ ।।१।।
सम्झन्छु ती दिनै पनि आज यहाँ, लेख्पढका स्कुलमा
साथीसँगी आहा कति मिलि खेल्थौ, हुन्थेन हूल्मूल त्यो
मकै भट्मास गहुँ भुटेको हुन्थे, झोलीमा ती सबको
मिलीजुली खान्थ्यौ हामी बाँडी हुँदा, पढाइ त्यो बिहान्को ।।२।।
म घुम्दा सगरमाथा नगरीमा, चुम्दथे माथ शेर्पा
मस्किन्थे ती तामाङ लाङ्गटाङ्गमा, अन्नपूर्णै गुरुङ
साथी अनेक धादिङ्गैर्चितौनमा, यता काष्ठमण्डप
सजाउ साथी संधै हृदयमा , हुँदैन कष्ट कतै ।।३।।
समय भूगोल वातावरण यी, मङ्गल हुन्छ सँधै
ताजा राखौ स्वच्छ हृदय लगाई, हुन्छ पुण्य मान्छेकै
जगतै ढाक्यो बिषले याहाँ भनि, त्रसनु हुन्न कोही
सवार होला नरनारायण तव, उद्धार गर्न हाम्रै ।।४।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )