कविता : संघर्षका पर्खालहरू

~आचार्य प्रभा~

तिमीले उन्मुक्त हासो हास्नका लागी
धेरै संघर्षका पर्खालहरू नाघ्न पर्यो शायद …..
के अब पनी तिमी त्यस्तै मीठो आशाको अभीष्टमा
अल्झी रहेका छौ ?
या त कुनै अर्कै आशारूपी मोहमा
फसिरहेकाछौ तिमी ?
हो …तिमीले मान्न तैयार हुनु पर्छ,
न्यानो आशा देखाएर तिमीलाई
इन्द्रेणी सपना सजाईदिने हजार हुन्छन् /
यसरी एक्पछि अर्को,
अर्को पछि अर्को सपना बुनिदिने
लाखौ आउछन त र … पर्खाईको अंतरालभित्र
तिम्रा इच्छा, आकंछ्याहरूमाँ धमिरा लाग्न सक्छन /
तिम्रो जिजीबिषामा आघात पर्न सक्छन
त्यसैले मेरो अनुरोध,
झिनो आशाको प्रतिक्छ्यामा
तिम्रो अमूल्य समय नस्ट नगर /
कसैको झूठो आश्वसन्मा आफ्नो
मनुष्यत्व बन्धकी नराख
बरु … सक्छौ भने संघर्षरत बन /
आफ्नो प्राक्रीतिक हासो बचाई राख्न/
अनि सफल बन
उन्मुक्त हासोलाई छेकने
पर्खाल्हरुलाई शाहसको
हात्हरूले ढलाउन |

-हाल अमेरिका

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.