कविता : सम्झिन सकुँ तिमिलाई युगौयुग सम्म

~हिमाल सरोवर~

थुप्रै उमंगहरु,थुप्रै उपहारहरु बोकेर आउँछ ,
कयौं अवसरहरु,कयौं चुनौतिहरु,
अनगिन्ती खुशिहरु,मुस्कानहरु,
थाहा छैन केके बोकेर आउँछ ,
जादा पनि कयौं कुरा लिएर जान्छ ,
अनगिन्ती चोटहरु दिएर जान्छ,
कतिलाई रुवाएर ,कतिलाई उजाडेर जान्छ,
कतिको जिन्दगीमा प्रेमको फूल रोपि जान्छ,
कतिको जिन्दगी कुल्चिएर जान्छ,

जस्तो कि,
कयौं आमाहरुलाई लुटेर जान्छ,
बुबाहरुको भरोसा टुटाएर जान्छ,
छोरिहरुको जिन्दगी मरुभूमि बनाइदिन्छ,
दिदिहरुको निधार खाली बनाइदिन्छ,
भाइहरुको सपना उजाडि दिन्छ,
कयौं प्रेमहरु छुटाएर जान्छ,
कयौं मन मुटुहरु अलग बनाएर जान्छ,

यो वर्ष पनि आफ्नो जिम्मेवारी भरपुर निभाएर गएको छ,
हेर्दाहेर्दै यो साल पनि पोहोर साल बनेको छ,
हेर्दाहेर्दै यो साल पनि बूढो बिगत बनेको छ,
महङ्गा मान्छेहरुका सस्ता र ठूला पोस्टरहरु,
थोत्रो भएर झुन्डिरहन अब पाउदैनन् ,
किनकी यो वर्ष नयाँ पोस्टर झुन्डिनको लागि
तम्तयार छन,,कान ठाडो बनाएका छन,,
भित्तेपात्रो पनि पुरानो भएको छ,
सायद यो पुरानो पात्रो अब कुनै मलखातमा कुहिने छ,
नयाँ पात्रो थुप्रै नयाँ कुराहरु बोकेर आएको छ,
लगनका दिनहरु,सरकारी छुट्टिका दिनहरु,
फरकफरक दिवसहरु बोकेर आएको छ,
जस्तो कि,
सहिदहरुलाई दुखाउने दिवस,
अन्य थुप्रै दिवसहरु पनि छन,
सायद तिमिलाई सम्झिने दिवस पनि ,
यो वर्षको नयाँ पात्रोमा समेटिएको छ,,
थाहा छ यी वर्षहरु बुढा हुँदै जानेछन् ,
दशक,सताब्दी हुँदै जानेछन् ,
र सम्झिन सकुँ तिमिलाई युगौयुग सम्म!,,

– हिमाल सरोवर ठकुरी ,सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.