कविता : साझा पृथ्वी

~सुयोग अनुप झा~

मान्छे बिर्सिसकेका रहेछन्
यो पृथ्वी त साझा घर हो
जति तिम्रो उति नै मेरो
जति मेरो उति नै हाम्रो

मनमा घमण्ड पलाइसकेको रहेछ
म सँग महल आलिसान छ
सुविधा सम्पन्न मोटरकार छ
घरमा काम गर्ने त‍ीन चार छ

हेर आज तिमी पनि कैद म पनि कैद
तिमी सँग पनि दुई खुट्टे गाडी म सँग पनि
तिम्रो पनि मुख छोप्या मेरो पनि
तिमी भित्र उहीँ त्रास जो म भित्र

कहँ गयो तिम्रो त्यो औकात?
कहाँ गयो तिम्रो त्यो अक्कडपन?
कहाँ गयो तिम्रो त्यो धनवान् पन?
कहाँ गयो तिम्रो त्यो मालिक पन?

म जस्तै बेसहाय तिमी पनि आज
म जस्तै निराश तिमी पनि आज
मलाई तैपनि सुखचैनको घर छ
तिमीलाई सपनीमा पनि डर छ

धन्यवाद छ कोरोना तिमीलाई
ज्ञानको पाठ सिकाएछौ सबैलाई
नठान पैसालाई आफ्नो धन
हो आज छ तिम्रो हिजो थियोे पराया धन

पैसा नै होइन हरेकथोक जीवनमा
कहिलेकाही बाँच्ने गर मौज मस्तीमा
होला मिलन परमात्मा सँग कुनैदिन
वग्ला भित्र अमृत धारा कुन‌ैदिन

सुयोग अनुप झा
धनुषा,प्रदेश न २,नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.