~इलामेली टीकाराम दुलाल~
( पहिलो गेडी )
नेपलीनै रहन्छु, बिदेशी स्वास् लिएनि
गोर्खालीनै भन्दछन्, श्रम पैचो दिएनि
स्वाभिमान्
कहाँ बेच्छु, मैले जानाजान्
( दोस्रो गेडी )
जिन्दगीमा फसेछु, माया प्रेम गरेर
पापीनीले किन खै, लगी मुटू हरेर
रूदैछु
सम्झनामा, दुखी हुदैछु
(तेस्रो गेडी )
मुटू कहाँ हुन्छ र ? मस्तिष्कनै नभए
बाच्ने थिए सायदै, तिमी छाडी नगए
मर्दैछु
यो जिन्दगी, हत्या गर्दैछु
( चौथो गेडी )
माया भए माटोको, जातपात छोड है
लाखौ लाख थरिको, फूलबारी गोड है
नेपाली
राखी राखौँ, सान नफाली
इलामेली टीकाराम दुलाल
देउमाइ न.पा. -५ इलाम
हाल : काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )