~अनिता (ढकाल) गौतम~
छन्द : शार्दुलविक्रीडित
नौलो बर्ष उमङ्ग भाव भरियोस् नेपाल हाँसिरहोस्
राखी मौलिकता समग्र घरमा भातृत्व फैलिरहोस्
उद्विग्नै पर होस् प्रसन्न वर होस् नेपाल बाँचीरहोस्
हाँस्दै लम्किरहोस् खुशी अझ बढोस् नेपाल चम्किरहोस् ।
१
चाँडो न्याय पुगोस् नेपाल भरमा आँसु सबैको सुकोस्
फाटेको मन यो सिएर अव ता खाटा सबैको लुकोस्
हाम्रो इच्छा भयो पवित्र मनले यो देश अग्लो बनोस्
धर्तीका छहरा त नव्य पहरा देख्दा उमङ्गै बढोस् ।
२
प्रातैःकाल उठेँ त सूर्य किरणै ढोग्छौँ त पैले यहाँ
देख्दैछौँ त उँभो उँभो तर सधैँ चम्किन्छ सन्ध्या कहाँ ?
निभ्दै बल्छ अझै अवश्य जन हो मर्दैन कैले पनि
मान्छेको मन हो त ज्ञान धन हो सकिन्न कैले पनि ।
३
हाँसेका फूलभित्र आज पुतली नाँचेर जान्छन् कहाँ
आफ्नो कर्मथलो भुलेर पहिले जान्छन् त अन्तै कहाँ
फर्किन्छन् गुँडमा त सम्झी बचरो अाँ आँ गरी बस्छ जो
फर्किन्नौ किन हो ? त मान्छे अहिले कुर्दैछ राम्जा अहो ।
४
स्याङ्गजाको घरमा म जन्मे पहिले एैले त राम्जातिर
बन्दै गो त सधैँ सुकर्म घर यो मातृत्वको खातिर
गछौ्र्र काम सदा त गाउँ गहना आनन्दकै भावना
हाँसो खेल गरौँ उमङ्ग मनले यै बर्षको कामना ।
५
-निबुवाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला,
हाल मनमैँजू ,तारकेश्वर –९ कठमाण्डौं ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )