कविता : मानव सङ्कटमा पर्‍यो

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

सुरु यात्रा ओह्रालो नैतिक पतनले ।
पयर थाम्छ कसले हा !हा !के भयो ।
कोेइली र काग चिन्ने समय थियो ।
काग भै ओरालो आज किन मर्‍यो ?

चाेंचले टिप्छ बिष्टा यता उता हेरी ।
हा हा भन्दै देखापर्‍यो मनुवा फेरी ।
दिन्न खान्न यो आहारा मेरो भनी ।
ताक्यो गुलेली हानूँ कि उड्छस् भनी ।

यता उता हेर्दै चाेंचखोली काऽकाऽ गर्दै ।
भुर्रर उड्यो कस्ता यी मनुवा भनी ।
बिष्टा त हो आहारा आज हरण गरे ।
के भाको मानिस यस्ता निच किन भए ?

हेर्दा सुकिला, दिमाग हात पयरका ।
हिड्छन् ठाटबाँटले देशका कुलिन बनी ।
ठुला ठुला गुड्डी हाँक्दै बिष्टा खानेभए ।
यस्तै ले हरे पंक्षी कागका आहारा पनी ।

हितैषि मित्र सहयात्री आज कहाँ गए ।
काहाँ थिए हिजो आज काहाँ काहाँ पुगे ।
जिम्मेवारी के हो तिन्को आज सबै भुले. ।
मातृभूमिमा बसि त्यसैलाई छेदन गरे ।

सन्देशवाहक भै मत्र्येलोकमा जा भने ।
श्रृष्टिदेखि पृथ्बीमा उड्दै डुल्दै रहीरहें ।
दिँदैं सन्देश मानवलाई कर्तब्य पुरा गरें ।
कति हेंरें मानवचोला आज म दङ्ग परेंँ ।

मान कति थियो आधारा लिन्थे सधै ।
दिन्थे बोहोतामा मिष्ठान्न लौ खा भनी ।
ठिलो हुँदा भन्थे आज किन आएन भनी ।
कति अदबका थिए आनी बानी असलका ।

किन स्खलित भए आज मानव जुनी उही ।
काट्ने मार्ने मानवसंग मानव डराऊने ।
उछित्तोकाढ्ने त खराब म अशल भनी ।
हेर्दा उस्तै छन् देख्दिन फरक कत्ति पनी ।

ऋषिहरुको विराशत आज यस्तो के भयो ।
लाज शरम नैतिकता मानवमा लोप भयो ।
नेतृत्वको पथभ्रष्टता उदाङ्ग भै आयो ।
छैनन् कोही चोखोसङ्लो के के देख्नु पर्‍यो ।

फट्फट् गर्दै पखेंटा काग शोकले ग्रस्त भयो ।
कोहि छैनन् अरु जिम्मेवार मानब नै हुने भयो ।
विपत्मा पनि छोडेनन् भ्रष्टस्वभाब के के भनूँ ।
नेतृत्व नै पथभ्रष्ट हुँदा शिर निचो हुने भयो ।
काऽ काऽ गर्दै प्रवाह सन्देश मानव संकटमा पर्‍यो ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.