~सीता अर्याल~
अनायासै तिमीसँग चौतारीमा भेट भयो
आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो
भाग्य हो की संयोग हो ठम्याउनै गाह्रो भयो
त्यहि भेटले हामीलाई छुटाउनै साह्रो भयो
कल्पनामै रात बित्यो मन मेरो जेट भयो
आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो
सुन्दर देखेँ उनलाई कस्तो देख्छन् अरूले खै
कोहिनुरै भयो मलाई कस्तो मान्छन् अरूले खै
उन्को दिल आज मलाई फूलै फूलको गेट भयो
आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो।
-सीता अर्याल,
म्याडिसन,अमेरिका।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)