~राकेश कार्की~
सिसाको उता पट्टी उनी
सिसाको यतापट्टि ऊ
हात बढाएर त्यही छेको छुनु परेको छ
फेरि साबुन पानीले हात धुनु परेको छ
बिरामी भए श्रीमान् बिरानो देशमा
फर्किन सकिनन् श्रीमती छोरो साथमा
साथीसंगी फर्कि गए गाउँको खेतबारीमा
जोगिन आफ्नै देश, कोरोनाको महामारीमा
दिनैपिच्छे मानिस मरेको मरै छन्
बन्द छ जताततै सुनसान घरै छन्
औषधी ख्वाउ भने औषधी नै छैन
दुवै आँखाबाट पग्लिरहन्छ मैन
पीपीई बिना मास्कको मात्र भर छ
आफूलाई र छोरोलाई पनि सर्ने डर छ
अस्पतालमा लगुँ भने पालो कुर्ने धेरै
यहाँका नागरिक भन्छन् पहिले पालो मेरै
दुःख पर्दा शीतल आफ्नै देशको छायाँ
हिमाल देखि तराईसम्म उत्तिकै माया
फर्किनेछौँ श्रीमान् लाई जब बिसेक होला
आफ्नै देशको लागि रहेछ हाम्रो चोला
(हाल: लस् एन्जेलस)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )