कविता : कोरोना

~हेम जङ्ग कार्की~

विश्वमा हात हतियारको होड, चलिरहेको वेला ।
ठुलाठुला आणवीक र क्षेप्यास्त्र, अव नपार्नु भेला
कोहौ तिमी कस्तो छ रुप तिम्रो, विश्व भरी नै उड्यौ ।
शस्त्र अस्त्र नै यो ठुलो मान्नेलाई, शिक्षा गतिलो दियौ ।

मान्छे ती छिचिमिरा भै छचन्नाई, हिडेका थिय यहाँ ।
आज धैर्य भै वस्न पनि सकिन्छ, भन्ने ज्ञान भो जहाँ ।
कहि छुटायौ कही मिलायौ साथ, सक्ति कत्रौ हो तिम्रो ।
सम्पन्न रहेछौ चढी जहाजमा, विश्वमा खोज् भो हाम्रो ।

किन बैराग्यौ कठोर भै यसरी, संसार चकित पारी ।
तिम्रा बासस्थान भत्काएकी जहाँ, त्यो धुरी वलो झारी ।
संसार प्यासी छ तिम्रो रुप हेर्न, तिमी लुप्तै छौ किन ?
जे जे भो जति भो अव माफि देउ, फेरी हिड्दछौ किन ?

सन २०१९, ३१ डिसेम्बरमा जन्म भो, चिनको वुहानमा ।
मातापीता को हुन तिम्रो भन लौ, जान्ने इच्छा भो ममा ।
केखान्छौ केलाउछौ कस्ता छन् खुट्टा, पखेटा छन की कतै ।
हावा साथी वनाई हिड्न छोडेनौ, कारण बताउ यतै ।

चिसंखुगढी ८, माम्खा
ओखलढुङ्गा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.