कविता : फरक म

~कुश सुनुवार~

उस्ले भाेगेकाे म
अनि मैले भाेगेकाे म
आकास र पातलकाे फरक छ।
उ झाङ्गिएकाे म
म नाङ्गिएकाे म
म त म नै हाे याे सानाे फरक छ।
ऊ हजुर वाला म
म तँ वाला म
म त म नै हाे याे सानाे फरक छ।
बाेलि बिक्ने उस्काे म
सुन्दै बिझाउने मेराे म
म त म नै हाे याे सानाे फरक छ।
महंगाे नाेटवाला उस्काे म
काैडिमानि नबिक्ने मेराे म
म त म नै हाे याे सानाे फरक छ।
साेच्छु……..
भाग्यमानि उस्काे म
अभागि त मेरै म
म त म नै हाे याे सानाे फरक छ।
मैले मान्नै पर्ने उस्काे म
उस्ले नमानेनि हुने मेराे म
म त म नै हाे याे सानाे फरक छ।
ऊ कानुन डराउने म
म साताे हराउने म
म त म नै हाे याे सानाे फरक छ।
उ सर्बहारा म
म मतिहारा म
म त म नै हाे याे सानाे फरक छ।
साच्चै भन्दा
ऊ पेट फुलेकाे म
म पेट हुलेकाे म
म त म नै हाे याे सानाे फरक छ।
ऊ सहरकाे चिल्लाे म
म गाँउकाे फुस्राे म
म त म नै हाे याे सानाे फरक छ।
यस्तै यस्तै धेरै साना फरकहरु छन।
उसले भाेगेकाे म

मैले भाेकाे म मा
म त म नै हाे तर फरक छ।
अाखिर फरक त फरकनै हाे।
थाेरै हाेस वा धेरै
अाकास हाेस वा पातल
मात्र तीन अक्षरकाे फरक छ।
फरक त फरक नै हाे नि
हैन र!?…….

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.